Skip to content
Prabhu

बुधबार नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ५९ करोड

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८३ अंकले बढेर २५९५.९६ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । आज फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक घटेको छ।

बुधबार २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार ४ सय २७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार १ सय ३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १२४ कम्पनीको सेयर मूल्य बढ्दा १०८ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मल्य स्थिर रहेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार १ सय ८७ रुपैयाँ पुगेको छ । बुधबार १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal