काठमाडौं । कपिलवस्तुमा गएराति दुईवटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइलक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
घटनामा एक जना घाइते छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन् । मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको सैनामैना–४ बस्ने वर्ष २७ को रोमन थारु र यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली रहेका छन् ।
उनीहरूको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए । दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्