काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आईपीओ जारी गर्ने अनुमति नपाउँदा समस्या भएको बताएका छन् । शुक्रबार इप्पाको रजत जयन्ती समारोहमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।
सरकारका प्रधानमन्त्री केपी शर्मा ओली सहभागि रहेको कार्यक्रममा कार्कीले आईपीओ जारी गर्ने अनमतिका लागि निर्देशकन गरिदिन समेत अनुरोध गरे । ‘आईपीओ निष्कासनको अनुमति नपाउँदा समस्यामा भएको छ,’ उलने भने, ‘लामो समयदेखि आईपीओ निष्कासनको अनुमति पाएका छैनौं । सेबोनमा अर्बौंको आईपीओ अड्किएर बसेको छ । निष्कासन अनुमति नपाउँदा हामी समस्यामा परेका छौं । अनुमतिको निर्देशन दिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्दछु ।’
ऊर्जामा नेपालले फड्को मारेको बताउँदै अध्यक्ष कार्कीले अहिले उत्पादीत विद्युत खपत नहुने चिन्ता नरहेको बताए । ‘हिजोका दिनमा हामीले उत्पादन गरेका बिजुली खपत हुन्छ कि हुँदैन भनेर चिन्तित हुनुपर्ने अवस्था थियो । अब हामीले हाम्रै बिजुली प्रयोग गर्ने र खपत हुनेमा ढुक्क बन्ने वातारण बनिरहेको छ,’ अध्यक्ष कार्कीले भने ।
जलविद्युतमा कम्तीमा २० प्रतिशत लगानी थप हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनका अनुसार नेपालको कुल विद्युत उत्पादन क्षमता ३ हजार ५०० मेगावाट पुग्दा निजी क्षेत्रबाट मात्रै २५ वर्षको अवधिमा २ हजार ७४० मेगावाट विद्युत उत्पादन भइसकेको छ । यो भनेको कुल उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी हो । ४ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहँदा ४ हजार ३०० मेगावाट क्षमताका आयोजनाहरु पीपीए सम्पन्न गरेर वित्तिय व्यवस्थापनको पर्खाइमा रहेको उनल जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्