Skip to content

विजुली अभावले रासायनिक मल कारखाना खोल्न सकिएन : प्रधानमन्त्री ओली

nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त बिजुली नभएकाले रासायनिक मल कारखाना खोल्न नसकिएको बताएका छन् । शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जलविद्युत आयोजनामा स्वदेशी लगानी जुटाउन निजी क्षेत्रलाई आग्रह समेत गरे । ‘वैदेशिक लगानी खास नियमभित्र राखेर बोलाउँछौं । जलविद्युतमा नेपाली लगानी नै बढिरहेको छ । हामी आफैं लगानी गर्ने हो भने अप्ठेरोमा परिँदैन । हामी नै लगानी गर्न जुटौं,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले जलविद्युत आयोजनाका लागि स्वदेशी लगानी जुटाउन निजी क्षेत्रसँग आग्रह गरे ।

पेट्रोल आयात कम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले आयातित फ्युल विस्थापित गर्ने योजनासमेत सुनाए । साथै विकासको गति तीव्र हुने उनले आश्वासन दिए । ‘अध्यादेशले शासन चलाउन खोजे भनेर कतिले विरोध गरेका छन् । संसद बस्न अझै समय लाग्छ । २ महिना ढिला हुने भएकाले चाँडो काम गर्न यो ल्याइएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘अध्यादेश छुट्टै पृथक होइन ।’

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi