काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले गोलाप्रथामार्फत सेयर बाँडफाँड गरेको हो ।
यस आईपीओमा कुल १८ लाख ३० हजार ८७५ जनाले आवेदन दिएका थिए । तीमध्ये ८ हजार ४५२ जनाको आवेदन रद्द भएको थियो । बाँकी १८ लाख २२ हजार ४०५ योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । अन्य आवेदक भने खाली हात भएका छन् ।
कम्पनीले सर्वसाधारणका लागि पुस २१ गतेदेखि २४ गतेसम्म १८ लाख ४५ हजार कित्ता सेयर सार्वजनिक गरेको थियो । नेपाल धितोपत्र बोर्डले यसअघि कम्पनीलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति दिएको थियो । आईपीओमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता, सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता, र कर्मचारीलाई ६७ हजार ५ सय कित्ता छुट्याइएको थियो । बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो । सेयर बाँडफाँडको नतिजा केही समयपछि सार्वजनिक हुने जानकारी बिक्री प्रबन्धकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्