काठमाडौं । सीजी मोटर्सले झापाको बिर्तामोडमा एक्स्ट्रिम सिरिजअन्तर्गत दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रीय ग्रान्ड सार्वजनिक गरेको हो ।
सीजी मोटर्सको बिर्तामोडस्थित आफ्नो आधिकारिक विक्रेता, पीटुआर अटो जोनमा एक कार्यक्रम आयोजना गरी नयाँ मोटरसाइकलको रिजनल सार्वजनिक गरिएको हो ।
हिरो मोटोकर्पले एक्स्ट्रिम रेन्जमार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकता पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पूरा गर्ने उद्देश्य लिएको छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ ।
एक्स्ट्रिम १६० आर फोरभी (प्रो)को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ, एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० रुपैयाँ र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको छ ।
सार्वजनिक गरिएका दुवै मोडेल नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कुटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ । चौधरी ग्रुप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो । १६० भन्दा बढी कम्पनी सञ्चालन गर्ने यस समूहसँग, १५ हजारभन्दा बढी कर्मचारीहरूको बलियो समूह र १२३ ब्रान्डहरू रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्