Skip to content

चिनियाँ कार निर्माता नेटाले प्राप्त गर्‍यो ८१८ मिलियन अमेरिकी डलर लगानी, बिक्री दोब्बर पार्ने लक्ष्य

nabil bank

काठमाडौं । चिनियाँ कार निर्माता नेटाले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ । यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको छ । सन् २०२५ मा नेटा मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुनेछ, बिक्रीलाई दोब्बर पार्ने योजना बनाइरहेको दाबी गरेको छ ।

नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको छ । चाइना ईभी डाटा ट्र्याकरका अनुसार नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार ५ सय ९२ युनिट बिक्री गरेको थियो । जसमा ४०.२ प्रतिशतको वार्षिक गिरावट देखिएको थियो । यद्यपि नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन्।

डु न्युज रिपोर्टअनुसार नेटाले करिब ६ अर्ब युआन लगानी प्राप्त गरेको छ। रिपोर्टका अनुसार, राज्य(स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक क्याटलले यो लगानीमा सहभागिता जनाएका छन् । २०२३ को जनवरीमा, नेटा क्याटलको बेडरक च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको थियो ।

नेटाको एल क्रसओभर क्याटल को फ्रीभोय (सोडियम मिसिएको) प्रयोग गर्ने पहिलो मोडेलहरूमध्ये एक हो । यसले नेटा र क्याटलबीच लामो साझेदारी रहेको देखाउँछ।

उत्पादन र बिक्रीपछिका पार्ट्स आपूर्ति कायम राख्न कम्पनीको मुख्य ध्यान केन्द्रित रहेको दाबी गरिएको छ । २०२५ जनवरी १७ मा नेटाले दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो । २०२५ मा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर पार्ने लक्ष्य राखेको छ ।

गत वर्ष नेटाले अन्तर्राष्ट्रिय देशहरूमा ३० हजार युनिट गाडी बेचेको थियो । यो वर्ष कम्पनीको लक्ष्य ६० हजार युनिट छ ।

नेटाले दक्षिणपूर्व एसिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशहरूमा १ सय ८० भन्दा बढी बिक्री च्यानल विस्तार गरेको छ। नेटाले आफ्नो उत्पादन र साझेदारी नेटवर्कलाई विस्तार गर्दै, घरेलु बजारको कडा प्रतिस्पर्धाबाट बच्न र अन्तर्राष्ट्रिय बजारमा नयाँ अवसरहरूको खोजी गरिरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime