काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले स्टक एक्सचेन्जमा ठूलो बार्गेनिङ भएको आरोप लगाएका छन् । लेखा समितिको आज बसेको बैठकमा उनले भने स्टक एक्सचेन्जको लाइसेन्स दिने कुरामा ठूलो बार्गेनिङ भइरहेको बताएका हुन् ।
भारत जस्तो देशमा पनि २ वटा मात्र स्टक एक्सचेन्ज रहेको उदाहरण दिदै केसीले भने नेपाल जत्रो देशमा अर्को राख्नु पर्ने के कारण हो ? भन्दै प्रश्न समेत गरे । स्टक एक्सचेन्जमा भएको बार्गेनिङबारे लेखा समितिले जानकारी पाउनुपर्नेमा उनले जोड दिए ।






प्रतिक्रिया दिनुहोस्