काठमाडौं । मंगलबार बसेको सार्वजनिक लेखासमितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएको छ ।
उक्त बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । सभापति पोखरेलका अनुसार मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधबारका लागि बोलाइएको हो ।
सिमेन्ट उद्योगीहरुले मिलेमतोमा सिमेन्टको मूल्य प्रतिबोरा अढाइ सय रुपैयाँले बढाएपछि त्यसको मार उपभोक्ताले खेपिरहेका छन् । निर्माण व्यवसायीहरुले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्नेलगायत माग राखेर आन्दोलन घोषणा गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्