काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले माघ २ गतेदेखि बिक्री खुला गरिरहेको अवितरित हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज माघ ९ गते अन्तिम दिन रहेको छ । कम्पनीले इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले किन्न पाउने गरी सेयर बिक्री खुला गरिरहेको हो ।
कम्पनीले कात्तिक २० गतेसम्म कायम सेयरधनीका लागि मंसिर १६ देखि पुस ७ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ७५ लाख कित्ता हकप्रद खरिद आह्वान गरेकोमा ८ लाख २६ हजार ५७४ कित्ता सेयर बाँकी बसेको थियो ।
कम्पनीले सोही बाँकी बसेको सेयर लिलामी प्रक्रियाद्वारा बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने सेयर खरिद गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदको मागसहित आवेदन दिन सकिनेछ ।
आवेदन बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकका शाखा विराटनगर, वीरगंज, जाउलाखेल, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पेश गर्न सकिनेछ । आवेदन फाराम पनि सोही स्थानमा पाइँनेछ ।
प्रतिक्रिया दिनुहोस्