Skip to content

हुम्लाको सिमकोटमा खानेपानीको समस्या

nabil
global ime

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राही समस्यामा परेका छन् ।

सिमकोट तल्लो बजारमा खानेपानी आउन छोडेपछि घण्टौँ लाइन बसेर एक बाल्टी पानी थाप्नुपर्ने अवस्था आएको स्थानीय लक्ष कामीले बताए । उनले भने, ‘तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी आउन छोडेको छ, पानी आएका एक–दुई छिटपुट धारामा पनि एक घण्टा बढी लाइन बस्नुपर्छ । बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै पानी आउने हुँदा कहिले समस्या भइरहेको छ ।’ खाना पकाउन, पिउनलगायत दैनिक क्रियाकलाप सञ्चालनमा पानी नहुँदा समस्या भइरहेको कामीले बताए ।

पानी नआएका तल्लो बजारमा बस्ने नागरिकले पिउने पानीको समस्या झेल्दै आएका छन् । एक बाल्टी पानी थाप्न १० देखि १५ जना लाइनमा बस्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

हिउँदको समयमा बिहानको समय बरफ जम्नुका साथै बजार क्षेत्रका विभिन्न स्थानमा पानीका पाइप फुटेकाले खानेपानीको समस्या भएको भन्दै यहाँका स्थानीय पिन्यारा, तीनधारामा पानी लिन जाने गरेका स्थानीय कामीले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T