Skip to content

ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्ने

nabil bank

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले पहिलो चरणको आईपीओ यही माघ २१ गतेदेखि खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर अंकित मूल्य १०० रुपैयाँका दरले निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्येबाट १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता शेयर पहिलो चरणमा निष्कासन गर्न लागेको हो ।

यसमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ। कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारका लागि दोस्रो चरणमा निष्कासन गर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाईन मार्फत आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime