काठमाडौं । बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेको छ । आजको उक्त सेसनमा नेप्से परिसूचक ४ दशमलव ७७ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा परिसूचक २६७० दशमलव २३ विन्दुमा पुगेको छ । त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १३ अंकले बढेर ४४९ दशमलव ४९ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । बिहीबारको प्रि ओपन सेसनमा ७६ कम्पनीका ११ हजार ३६१ कित्ता सेयर १३० पटक खरिद बिक्री हुँदा ७३ लाख ५९ हजार ९८३ रुपैयाँ ३० पैसाको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्