Skip to content

भारतको महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो, ६० जना घाइते

nabil bank
Police personnel carry a victim of stampede on a stretcher, during the Maha Kumbh Mela festival in Prayagraj on January 29, 2025. A deadly stampede on January 29, hit India's Kumbh Mela, a vast Hindu festival held by the banks of the Ganges river that 400 million pilgrims are expected to visit over its six-week duration. (Photo by Arun SANKAR / AFP)

प्रयागराज । भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसका अनुसार अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइते भएका छन् । ‘अहिलेसम्म ३० जनाको मृत्यु हुँदा ६० जना घाइतेको उपचार भइरहेको छ’, इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।

उद्धार टोलीले तीर्थयात्रीसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानले भरिएको स्थलबाट पीडितलाई बोकेर लैजाँदै गरेको देखिएको थियो । प्रहरी अधिकारीले बाक्लो कम्बलले ढाकिएका मृतकहरूको शव स्ट्रेचरमा बोकेर हिँडेको देखिन्थ्यो । दर्जनौँ आफन्तहरू दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा उत्सवका लागि बनाइएको अस्थायी अस्पतालको ठूलो पालबाहिर चिन्तित भएर समाचारको प्रतीक्षा गरिरहेका थिए ।

बुधबार उत्सवको सबैभन्दा पवित्र दिनहरू मध्ये एक हो । उत्सवमा भगवा वस्त्रधारी साधुहरूले लाखौँ भक्तजनलाई गङ्गा र यमुना नदीको सङ्गमस्थलमा पाप–मुक्तिका लागि पवित्र स्नान गराउने कार्यक्रम थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime