Skip to content

मधेस प्रदेशलाई केन्द्रित गर्दै सीजी मोटर्स वीरगन्जमा विस्तार

पर्सा । सीजी मोटर्सले मधेस प्रदेशलाई केन्द्रित गर्दै वीरगन्जमा ब्रान्डहरूको विविध शृङ्खला लञ्च गरेको छ। कम्पनीले यस क्षेत्रमा मिनोल्टा इन्भेस्टमेन्ट प्रालिलाई आधिकारिक च्यानल पार्टनरको रूपमा नियुक्त गरेको हो।

योसँगै वीरगन्जमा पनि ईभी ब्रान्डहरू एभाटर, एक्सपेंग, नेटा, आयोन V, आयोन Y र रिडारा उपलब्ध हुनेछ । उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, मिनोल्टा इन्भेस्टमेन्टका कार्यकारी निर्देशक राजेश अग्रवाल, सीजी मोटर्सका सीईओरडाइरेक्टर हेमन्त अग्रवाललगायतको उपस्थिति रहेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T