Skip to content

अप्पर सोलु हाइड्रोको नाफा ७० प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ कति?

nabil bank

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको नाफा ७० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा ७०.६९ प्रतिशतले नाफा बढेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १४ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ८ करोड ३९ लाख रुपैयाँ रहेको थियो । विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६.०७ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६.२३ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २०.२२ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८.७९ प्रतिशत बढेर २१ रुपौयँ २२ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.९५ गुणा रहेको छ । १ अर्ब ३५ करोड चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime