Skip to content

नेपाल हाइड्रो डेभलोपरको नाफा ३१ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ

nabil bank

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको नाफा ३१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको गत आवको पुस मसान्तसम्मको भन्दा चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ३१.१० प्रतिशतले नाफा बढेको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा ४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९.५५ प्रतिशत बढेर ७ करोड १९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १०.२८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.८७ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने ६६.०५ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ १८ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.१९ गुणा रहेको छ । ३५ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १० करोड ३३ लाख रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime