काठमाडौं । चालु आर्थिक वार्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा ३.१६ प्रतिशतले नाफामा कमी आएको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ८ करोड १० लाख रुपैयाँ खुदा नाफा कमाएको छ । गत वर्षको सोही अवधिसम्मा कम्पनीको यस्तो नाफा ८ करोड ७९ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २४ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.३६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २४ करोड ७३ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा ०.५४ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९०.०८ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ३.१६ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३१ पैसा घटेर १५ रुपैयाँ ४३ पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ १४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.०९ गुणा रहेको छ । १ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २१ करोड १४ लाख रुपैयाँ छ ।






प्रतिक्रिया दिनुहोस्