Skip to content

३४० प्रतिशतले बढ्यो मकर जितुमाया सुरी हाइड्रोपावरको नाफा

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा मकर जितुमाय सुरी हाइड्रोपावर लिमिटेडको नाफा ३४० प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३४०.६४ प्रतिशतले नाफा बढेको हो ।

विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९३.२६ प्रतिशत बढेर २४ करोड ५२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १०४.५३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०९.३९ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने ४६.११ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १५ रुपैयाँ ४४ पैसा बढेर १९ रुपैयाँ ९८ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ १७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.६४ गुणा रहेको छ । ७६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ६ करोड २० लाख रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime