Skip to content

पाँचथर पावरको अध्यक्षमा राजेश कुमार श्रेष्ठ

nabil bank

काठमाडौं । पाँचथर पावर कम्पनीको नयाँ सञ्चालक समिति चयन भएको छ । कम्पनीको नयाँ सञ्चालक समितिको अध्यक्ष राजेश कुमार श्रेष्ठ चयन भएका छन् ।

कम्पनीको माघ २४ गते बसेको ९ औँ वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो । श्रेष्ठ आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थापक समूहबाट रघु नाथ पुरी, हिमा तिम्सिना, यज्ञ प्रसाद चापागाईं र निश्चल खरेल सञ्चालक नियुक्त भएका छन् ।

त्यस्तै स्वतन्त्र सञ्चालकमा प्रकृति राज तिमिल्सिना र सर्वसाधारण समूहबाट साजन काफ्ले नियुक्त भएका हुन् । उनीहरुको कार्यकाल ४ वर्षका लागि हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime