काठमाडौं । सेयर बजारमा कारोबार सुरु भएको पहिलो दिन नै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुल्न वित्तिकै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर दोस्रो बजारमा आज पहिलो कारोबार हो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३३१ रुपैयाँ १० पैसा पुगेको छ । कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने सकारात्मक सर्किट लागेर कारोबार बन्द हुँन्छ ।
यो अवस्थामा समग्र बजार परिसूचक पनि २५ दशमलव ६९ अंकले बढेर २७२५ दशमलव ५१ विन्दुमा पुगेको छ । पहिलो आधाघण्टाको कारोबार जारी रहँदा सेयर बजारमा १ अर्ब भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्