काठमाडौं । टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी अटो कम्प प्रालिले काठमाडौं उपत्यकाका विभिन्न २० स्थानमा निःशूल्क ब्याट्री चेकअप क्याम्प सम्पन्न गरेको छ । आफ्ना आधिकारिक डिलरसंग सहकार्य गरी कम्पनीले टु–ह्विलर र फोर–ह्विलर दुबै सेग्मेन्टलाई लक्षित गरी क्याम्प आयोजना गरेको हो ।
हालै सम्पन्न यी क्याम्प सुकेधारास्थित नबदिप अटो पाट्र्स, यारिस अटोमोबाइल्स–वसुन्धारा, अटो एभ प्राली–दक्षिणढोका, लक्ष्मीनिया मोटरसाइकल सेन्टर–नख्खु, संगम इन्टरनेश्नल अटोमोबाइल्स–कृतिपुर, विश्वास्ना अटो लिंक–तिनकुने, रोश्लिन अटो पाट्र्स–खुसिबु, डिएस ट्रेड सेन्टर–सिफल र मिन्कि मोटरसाइकल वर्कशप–डिल्लीबजारमा आयोजना गरिएका हुन् ।

यसैगरी, मन्जुश्री इन्टरनेश्नले डिस्ट्रिब्युटर–लुभु, ओम शान्ति अटो पाट्र्स–बालकुमारी, मिसिका अटो पाट्र्स–हरिसिद्धि, जीवन मोटरसाइकल वर्कशप–भैंसेपाटी, महर्जन मोटरसाइकल वर्कशप–हरिसिद्धि, काठमाडौं अटो सप्लायर्स–लोकन्थली, मानन्धर अटो पाट्र्स–ठिमी र कमलबिनायकस्थित कुमारी अटो पाट्र्समा नि–शूल्क ब्याट्री हेल्थ चेकअप क्याम्प आयोजना गरिएको र यी सबै इभेन्टमा ग्राहकको उपस्थिती उत्साहजनक रहेको कम्पनी भनाई छ ।
सो अवसरमा कम्पनीले ब्याट्रीको हेल्थ चेकअप निःशूल्क गर्नुको साथै ब्याट्री मेन्टिनेन्स तथा विन्टर केयर सम्वन्धी टिप्स र नयाँ ब्याट्रीको खरिदमा डिस्काउन्ट भौचर उपलब्ध गराएको थियो । सहभागी ग्राहकलाई जाडो मौसममा ब्याट्रीमा आउनसक्ने संभावित समस्याका बारेमा जानकारी दिँदै यसको उचित समाधान गर्ने उपायका बारेमा परामर्श समेत प्रदान गरिएको थियो ।
टाटा ग्रिन भारतको प्रख्यात ब्याट्री ब्रान्ड हो । यस ब्याट्रीमा कम्पनीले सर्बाधिक धेरै वारेन्टि दिँदै आएको छ । उच्च पर्फमेन्स, उच्च क्र्यांकिङ पावर र भाइ्रब्रेसन प्रतिरोधी क्षमता जस्ता विशेषताका कारण यो ब्याट्री नेपाली परिवेशका लागी उपयुक्त हुने बताइएको छ । साथै, लिक प्रुफ डिजाइनका कारण यसले लामो समयसम्म कार्य सम्पादन गर्न सक्ने दाबी गरिएको छ ।

गुणस्तरमा अब्बल टाटा ग्रिन ब्याट्रीलाई भारतका प्राय सबैजसो टु–ह्विलर र फोर–ह्विलर उत्पादकले आफ्नो सवारीसाधनमा निर्धक्क प्रयोग गर्न सिफारिस गरेका छन् । लक्ष्मी ग्रुपले बिक्री गर्दै आएको यो ब्याट्री पछिल्लो समय नेपाली बजारमा समेत लोकप्रिय बनिरहेको छ । नेपालका बिभिन्न स्थानमा सर्भिस नेटवर्क विस्तार गरी बिक्री पछिको सेवा प्रदान गर्दै आएको लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले बताए ।






प्रतिक्रिया दिनुहोस्