Skip to content

सेयर मूल्य बढ्दा पनि भूगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । मंगलबार सेयर बजार बढ्दा पनि एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागको हो ।

आज यो कम्पनीको सेयर मूल्य ९४ रुपैयाँ ३० पैसाले घटेर ८४९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा उपकार लघुवित्त, सिटिजन्स सुपर ३० म्युच्युअल फण्ड, नेपाल बैंक डिबेन्चर २०८७ र ग्लोबल आइएमई लघुवित्त रहेको छ । आज उपकार लघुवित्तको सेयर मूल्य ४७० रुपैयाँले घटेर ५ हजार २०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.२९ प्रतिशतले कम हो ।

आज सिटिजन्स सुपर ३० को सेयर मूल्य ०.२७ रुपैयाँले घटेर ९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.९१ प्रतिशतले कम हो । त्यस्तै आज नेपाल बैंक डिबेन्चरको सेयर मूल्य पनि २.८४ प्रतिशत अर्थात् ३० रुपैयाँले घटेर १ हजार २५ रुपैयाँ पुगेको छ । त्यस्तै आज ग्लोबल आइएमई लघुवित्रको सेयर मूल्य पनि २.७७ प्रतिशत अर्थात् ३६ रुपैयाँ ३० पैसाले घटेर १ हजार २९७ रुपैयाँ १० पैसा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime