Skip to content

बाइकर्स क्याफेको ‘४०० रश’ भाेलि आयोजना हुँदै

nabil bank

काठमाडौं । ४०० सीसी बाइक चालकलाई ध्यानमा राखेर बाइकर्स क्याफेले नगरकोटसम्मको एकदिने ‘४०० रश’ को आयोजना गर्दैछ । ‘४०० रश’ (भोली) शनिबार ७ः०० बजे नक्साल स्थित बाइकर्स क्याफेबाट सुरु हुँदैछ ।

त्यस यात्रामा ट्रायम्फ, एनएस, डोमिनार, केटिएम जस्ता बाइक चालकहरू मात्र सहभागी हुन सक्नेछन् । त्यसैगरी उक्त यात्रामा बाइक चालकहरूका लागि रोमाञ्चक खेलहरू, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न गिफ्टहरू र तीन पटक खानाको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सबैभन्दा रोमाञ्चक कुरा ‘४०० रश’ मा सहभागी हुनेहरूले स्पीड फेस्ट २०२५ मा सामेल हुने विशेष अवसर पनि पाउने छन् ।

यो नेपालकै सबैभन्दा ठूलो बाइक महोत्सव हो । जहाँ सुपरबाइकहरू लगायत रकहेड्स र द एलमेन्ट्सको लाइभ म्युिजक, टेस्ट राइडहरू, स्टलहरू, रमाइला खेलहरू जस्ता धेरै आकर्षक कार्यक्रमहरू हुने आयोकले बताएका छन् ।

बाइकर्स क्याफे काठमाडौंका बाईकिङ समुदायका लागि पर्यायवाची नाम हो । यस क्याफेले थुप्रै बाइक राइड र भेलाहरुको सफलतापूर्वक आयोजना गरिसकेको छ । ‘४०० रश’ लाई पनि विशेष बनाउन प्रतिवद्ध रहेको क्याफेले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime