काठमाडौं । नेपाली स्मार्टफोन बजारमा नयाँ प्रविधि र विशेषतासहित अनर एक्स९सी ५जी चाँडै आउने भएको छ। अनर एक्स९सी ५जी छन् को सफलतापछि सेलट्रोन नेपालले नेपालकै सबैभन्दा बलियो स्मार्टफोन दाबी गर्दै नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको हो।
अनर एक्स९सी ५जीमा ५८००mAh छन् मा ५८००mAh क्षमताको लामो समय टिक्ने ब्याट्री, ३६०–डिग्री एण्टी ड्रप सुरक्षा, १०८MP को क्यामेरा, आकर्षक डिजाइन, र शक्तिशाली प्रदर्शन जस्ता उत्कृष्ट विशेषताहरू समावेश थिए। साथै, ६.७८ इञ्चको घुमाउरो AMOLED पर्दा, १२०Hz रिफ्रेस दर, र १२००-निट चमक भएका कारण प्रयोगकर्तालाई सहज र उत्कृष्ट अनुभव प्रदान गरेको थियो।
नयाँ संस्करणमा झन् मजबुत संरचना, अझ शक्तिशाली ब्याट्री, उच्च गुणस्तरको क्यामेरा र प्रयोगकर्ताका लागि उत्कृष्ट अनुभव जस्ता थप सुधार गरिएको कम्पनीले जनाएको छ। यसको आधिकारिक मूल्य र उपलब्धताको जानकारी चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्