Skip to content
Prabhu

फेसबुक लाइभका भिडियोहरू ३० दिनमै डिलिट हुने

काठमाडौं । फेसबुकमा लाइभ गरिएका भिडियोहरू अब ३० दिनपछि डिलिट हुने भएका छन् । फेसबुकले मंगलबार गरेको नयाँ घोषणा अनुसार अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित रहने छैनन् ।

यसअघि यस्ता भिडियोहरू अनिश्चितकालसम्म भण्डारण हुन्थ्यो । यो नयाँ व्यवस्था बुधबारदेखि लागु भएको छ । फेसबुक सञ्चालक संस्था मेटाका अनुसार कुनै पनि भिडियो मेट्नुअघि प्रयोगकर्तालाई यसबारे जानकारी प्राप्त हुनेछ । सूचना पाएपछि प्रयोगकर्ताले ६ महिनासम्म थप समय माग्न वा तत्काल यसलाई डाउनलोड गर्ने, क्लाउड स्टोरेजमा सार्ने वा नयाँ रिलमा परिवर्तन गर्ने जस्ता विकल्पमा काम गर्न पाउनेछन् ।
फेसबुकमा लाइभ गरिएका भिडियोहरूमा सुरुवाती केही हप्तापछि भ्यूज नआउने देखिएपछि यस्तो निर्णय गरिएको मेटाले स्पष्ट पारेको छ । ‘तपाईंको सङ्ग्रहित लाइभ भिडियोहरू मेटिनु अघि, तपाईंलाई इमेल र एपमार्फत सूचित गरिनेछ, र त्यसपछि सामग्री डाउनलोड गर्न वा स्थानान्तरण गर्न तपाईंलाई ९० दिनको समय दिइनेछ,’ फेसबुक भनेको छ ।

global
अर्घाखाँची सिमेन्ट

यसरी धेरै नहेरिने भिडियो मेट्दा फेसबुकसँग ठूलो मात्रामा सर्भर र स्पेस बचत हुनेछ । फेसबुकका अनुसार, यदि प्रयोगकर्ताहरूले तोकिएको अवधिमा पुराना लाइभ भिडियोहरू डाउनलोड वा अन्य विकल्पमा काम नगरेर स्वतः मेटिनेछन् । यसरी मेटिइसकेपछि प्रयोगकर्ताले पुनः त्यो भिडियो स्टोर गर्न सक्ने छैनन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal