Skip to content

अनिश्चितताका बीच बीएमडब्लुले विद्युतीय मिनि कार उत्पादनमा ढिलाइ गर्ने

nabil bank
एजेन्सी । विश्व चर्चित ब्राण्ड बीएमडब्ल्यूले अक्सफोर्ड मिनी प्लान्टबाट विद्युतीय सवारीको पुनः उत्पादन सुरु गर्ने योजना केही ढिलो गर्ने बताएको छ । अटोमोबाइल उद्योगमा रहेका विभिन्न अनिश्चितताका  कारण कोउलीस्थित प्लान्टमा ६०० मिलियन पाउण्डको लगानीमा हुन लागेको स्तरोन्नतिको काम स्थगित गरिएको उसले पुष्टि गरेको छ ।
उक्त निर्णयसँग सम्बन्धित ६० मिलियन पाउण्डको अनुदान सरकारबाट स्वीकार नगर्ने तर भविष्यका योजनाहरूको लागि निकट संवाद कायम राख्ने बीएमडब्ल्यूले बताएको छ ।
बेलायतको अटोमोबाइल उद्योग र सरकारबीच विद्युतीय सवारी उत्पादन लक्ष्यबारे लामो समयदेखि बहस चलिरहेको छ । गाडी निर्माताहरूले सरकारले तोकेको विद्युतीय सवारी बिक्री लक्ष्य यो वर्ष र आगामी वर्षहरूमा धेरै उच्च भएको बताएका छन् ।
यसै सन्दर्भमा, यस वर्षको सुरुमा सरकारले शून्य कार्बन उत्सर्जन सवारी  म्यान्डेट नीति परिमार्जन गर्न तीव्र परामर्श प्रक्रिया सञ्चालन गरेको थियो ।  बीएमडब्ल्यूको विज्ञप्तिमा भनिएको छ, “प्लान्ट अक्सफोर्ड मिनी उत्पादनको केन्द्र हो, जहाँ बेलायत र विश्वभर लोकप्रिय मोडेलहरू निर्माण र निर्यात गरिन्छ ।” तर, कम्पनीले विद्युतीय मिनी उत्पादन पुनःसञ्चालनको समयतालिका पुनरावलोकन गरिरहेको स्पष्ट गरेको छ।
सन् २०२३ मा, बीएमडब्ल्यूले अक्सफोर्ड मिनी कारखानालाई नयाँ पुस्ताका विद्युतीय सवारी उत्पादनका लागि तयार पार्न सयौँ मिलियन पाउन्ड लगानी गर्ने घोषणा गरेको थियो । सन् २०२६ देखि दुई नयाँ विद्युतीय मिनी मोडेलहरू उत्पादन गर्ने योजना थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime