Skip to content

देशभरका सोरुमबाट ‘एमएडब्लू ईभी कार्निभल’ सुरु, दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने

काठमाडौं । आइतबारदेखि नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले काठमाडौं नक्सालस्थित अमरपाली बैंक्वेटलगायत देशभरका सोरुमबाट ईभी कार्निभल सुरु गरेको छ । बुधबारसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभलमा ग्राहकले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सक्नेछन् ।

एमएडब्लू वृद्धि ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्री ७ किलोवाट चार्जर र एसेसोरिज, फ्री रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन् ।

ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनेछन् । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउनेछन् ।

कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ जसलाई मात्र १० प्रतिशत डाउनपेमेन्टमा घर लान सकिनेछ। साथै, हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा फ्री नाइट स्टे पाउनेछन् भने बम्पर उपहारमा बुकिङ गर्ने एकजनाले लक्की ड्रमार्फत आईफोन१६ प्रोम्याक्स पाउने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima