Skip to content

नन्दन तालको ११६ बिघा जग्गा अतिक्रमणमा

nabil bank

नवलपरासी । पश्चिम नवलपरासीस्थित पाल्हीनन्दन गाउँपालिकास्थित नन्दन तालको नाउँमा रहेको १ सय १६ बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको छ ।

स्थानीयका अनुसार विगतमा तालको धेरै क्षेत्रमा जलाशय देखिन्थ्यो । ‘तालमा विभिन्न प्रजातिका माछा, जीवजन्तु रहन्थे । विभिन्न प्रजातिका चरा पनि तालमा आउने गर्थे । तालका छेउछाउमा गाईभैँसी, बाख्रा पनि चर्ने गर्थे’, पाल्हीनन्दन गाउँपालिका–६ निवासी लौहर चमारले बताए ।

चमारका अनुसार तालमा माछा मार्नका लागि स्थानीयले दक्षिणतर्फको नाला खनेपछि तालको पानी बगेर सुक्दै गयो । सुक्खा भएको तालको जमिनमा केही जमिन्दारले खेती गर्न थालेका छन् । ‘अहिले ताल सुकेर खेतको रूपमा परिणत भएको छ । ताल सुकेसँगै तालको स्वरूप फेरिएको छ । तालको नाम निसानै मेटिएको छ’, उनले भने ।

यहाँका केही स्थानीयले नन्दन तालको जग्गा अतिक्रमण गरेपछि अहिले तालको चर्चा परिचर्चा हराउँदै गएको पाल्हीनन्दन गाउँपालिका–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले बताए । उनका अनुसार विगतमा ताल ठेक्का लाग्ने गर्थ्यो । ‘माछा मार्नका लागि नन्दन ताल ठेक्का हुन्थ्यो, त्यसपछि कात्तिक, मङ्सिर महिनादेखि माछा मार्ने काम सुरु हुन्थ्यो’, यादवले भने ।

अहिले केही हुनेखाने समुदायले नन्दन तालको जग्गा अतिक्रमण गरेर गरीबलाई अधिया भन्दै जोतभोग गर्न दिएका छन् । १ सय १६ बिघाभन्दा बढी जग्गा नन्दन तालको नाममा दर्ता रहेको पाल्हीनन्दन गाउँपालिकाका अमिन हरेन्द्र यादवले बताए।

यद्यपी ऐतिहासिक नन्दन ताल संरक्षण तथा प्रचारप्रसार गर्नुका साथै अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि घरबास बनाएर यहाँका स्थानीयलाई रोजगार दिने प्रयास थालिएको छ ।

तालको नक्सा बनाएर संरक्षणको अभियान अगाडि बढाएपछि नन्दन ताल अतिक्रमण गर्नेहरूले काममा अवरोध गर्ने प्रयास गरेको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । परासी सदरमुकामदेखि सात किलोमिटर दक्षिण सनई गाउँको नजिकै रहेको प्राचीन नन्दन तालको संरक्षणका लागि स्थानीय जनप्रतिनिधि लागिपरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi