Skip to content

दुर्गम क्षेत्रका पालिका जोड्ने पुल निर्माणलाई तीव्रता दिने मुख्यमन्त्री लामाको प्रतिबद्धता

nabil bank

मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले दुर्गम क्षेत्रका पालिका जोड्ने बाग्मती नदीको सिक्रे दोभान पुल निर्माणलाई प्राथमिकतामा राख्ने बताएका छन् । आज साँझ मुख्यमन्त्री कार्यालय हेटौँडामा काभ्रेको महाभारत, खानी खोला गाउँपालिका र मकवानपुरको बाग्मती गाउँपालिकाको टोलीको ध्यानाकर्षणपत्र बुझ्दै उनले पुल निर्माणलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले तत्काल काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आठ वर्षअघि नै जिल्ला विकास समिति मकवानपुरबाट महावीर, शिखर र तामाकोशी जेभीले ठेक्का पाएको उक्त पुल हालसम्म निर्माण पूरा नभई अलपत्र परेको भन्दै यहाँका जनप्रतिनिधिहरू ध्यानाकर्षण गराउन पुगेका थिए । मुख्यमन्त्री लामाले पुललाई चाँडो सम्पन्न हुने गरी प्रक्रिया अघि बढाउन प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्केलाई निर्देशन दिए । उनले विपद्का कारण त्यस क्षेत्रमा भएको सडक सञ्जाल र अन्य पुलको निर्माणमा तदारुकता दिने बताए ।

मन्त्री मास्कले आफूले प्रदेशका रुग्ण योजना पहिचान गरी निमार्णमा गति दिने काम गरिरहेको बताउँदै बाग्मती नदीको सिक्रे दोभान पुलको कामलाई पनि अघि बढाउने बताए । रुग्ण योजनामध्ये २९ वटालाई गति दिएको र तीनवटा सम्पन्न भएको उदाहरण प्रस्तुत गर्दै मन्त्री मास्केले बाग्मती नदीको सिक्रे दोभान पुलको निरीक्षणका लागि आफैँ फिल्डमा पुग्ने र काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

खानी खोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहित जनप्रतिनिधिहरूले गत असोज ११ र १२ गतेको बाढीका कारण रोशी र महाभारत जोड्ने एक मात्र थान्सिङबेंसी पुल बगाई क्षति पुगेकाले निर्माणकार्य यथाशीघ्र सम्पन्न गर्न आर्ग गरे ।

बाग्मती प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधीन जनमुक्ति मार्गअन्तर्गत हात्तीसार सिक्रे दोभान खण्ड सात सय मिटर गत असोज ११ र १२ गतेको बाढीले क्षतिग्रस्त भएकाले पुनर्निर्माणका लागि अनुरोध गर्दै तीनखुट्टे देवी टार आठ दशमलव सात किमी खण्ड विसं २०७७ मा ठेक्का सम्झौता भई पटक पटक समयावधि थप गर्दासमेत ६० प्रतिशत पनि काम हुनसकेको छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime