Skip to content
Prabhu

एफवान सफ्टमा नेतृत्व परिवर्तन, अध्यक्ष बने सिद्धान्त ठकुरी

काठमाडौं । एफवान सफ्टको अध्यक्षमा सिद्धान्त ठकुरी नियुक्त भएका छन् । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्टले आफ्नो २१औं वार्षिकोत्सवका अवसरमा नेतृत्व हस्तान्तरण गरेको हो ।

सन् २००४ मा स्थापित यस कम्पनीले दुई दशकदेखि नेपालमा वित्तीय प्रणालीलाई नयाँ दिशा प्रदान गर्दै आइरहेको छ । भुक्तानीका लागि लाइनमा बस्नुपर्ने बाध्यतालाई हटाएर सहजता प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले अनलाइन भुक्तानी सुविधालगायतका सेवा दिइरहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

एफवान सफ्टकासहायक कम्पनीहरूले क्यूआर भुक्तानी, डिजिटल वालेट, डिजिटल कर्जा र रेमिटेन्स सेवा प्रदान गर्दै वित्तीय पहुँचको नयाँ परिभाषा दिएको छ । यसले साना–ठूला सबै प्रकारका व्यापार, व्यावसायिक संस्थाहरूलाई वित्तीय सेवा प्रदान गर्दै नेपाललाई सशक्त बनाएको छ ।

कम्पनीले १५ सयभन्दा बढी युवालाई रोजगारी प्रदान गर्दै आएको छ । २१औं वार्षिकोत्सवका अवसरमा अध्यक्ष रहेका विश्वास ढकालले कम्पनीमा नेतृत्व परिवर्तनको घोषणा गर्दै नयाँ अध्यक्षमा ठकुरीलाई नियुक्त गरेको बताएका छन् । ‘२१ वर्षमा प्रमुख बैंक र वित्तीय संस्थासँग साझेदारी गर्दै लाखौं नेपालीलाई डिजिटल वित्तीय सेवा उपलब्ध गराउन सफल भएका छौं । दिनमा नेपालको वित्तीय क्षेत्रलाई थप डिजिटलाइज गरेर नयाँ प्रविधिमा आधारित रणनीतिहरू अपनाउने योजना रहेको विषयमा पनि जोड दिन्छौं,’ ढकालले भने । ठकुरी प्रमुख सञ्चालन अधिकृतको रुपमा कार्यरत थिए ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal