Skip to content
Prabhu

बीपी वाटिकामा कभर्डहल निर्माण, लागत ९६ लाख ६३ हजार

दमौली । व्यास नगरपालिका–३ स्थित बीपी वाटिकामा ९६ लाख ६३ हजार सात सय ४७ रुपैयाँको लागतमा कभर्डहल निर्माण भएको छ । कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबले निर्माण गरेको हो ।

कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले ८७ लाख ८५ हजार दुई सय ३४ रुपैयाँ प्रदान गरेको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण भएको हो ।

global
अर्घाखाँची सिमेन्ट

क्लबले जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ । कभर्डहलको मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal