Skip to content

एफएनसीसीआईकाे कोषाध्यक्षमा आचार्य

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) एसोसिएटतर्फको उपाध्यक्षमा पराजित भरत आचार्य करिब २१ महिनापछि कोषाध्यक्षमा मनोनीत भएका छन्।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले ४ महिनादेखि रिक्त कोषाध्यक्ष पदमा आचार्यलाई मनोनीत गरेका हुन्। ढकाल निकट रहेका यसअघिका कोषाध्यक्ष निरक केसी १८ महिनाका लागि मात्र केन्द्रीय सदस्यमा निर्वाचित भएपछि चार महिनाअघि नै महासंघबाट बिदा भइसकेका छन्।

नयाँ विधानअनुसार रिक्त कोषाध्यक्षको पद कार्यकारिणी समितिको परामर्शमा वहालवाला सम्पूर्ण कार्यकारिणी समितिबाटै अध्यक्षले मनोनीत गर्ने व्यवस्था गरिएको छ। सोही प्रावधानअनुसार अध्यक्ष ढकालले आचार्यलाई मनोनीत गरेका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T