Skip to content

बलेफी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ देखि १९ गतेसम्म बिक्री खुला गरेको १७ लाख ९८ हजार ६ सय ५६ कित्ता सेयर बाँडफाँट गरेको छ।

उक्त कम्पनीले प्राप्त शिलबन्दी बोलपत्रहरू फागुन २७ गते बाँडफाँट गरेको जानकारी दिएको छ। लकइनमा रहेको संस्थापक समूहको सेयरको अन्तिम मूल्य प्रतिकित्ता २२८.११ रुपैयाँ, सर्वसाधारण समूहको २२६ रुपैयाँ र लकइनमा नरहेको सर्वसाधारण समूहको शेयरको अन्तिम मूल्य ३२२.५० रुपैयाँलाई आधार मानेर शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

साथै बाँडफाँटमा नपरेकाहरूको रकम फागुन २८ गते देखिनै कनेक्ट आईपीएस मार्फत् फिर्ता गर्न सुरु गरिएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बताएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima