काठमाडौं । काठमाडौंमा ट्राफिक नियम उल्लंघन गर्ने ८ सय २६ सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको होली विशेष चेकिङ कारबाहीमा परेका हुन् ।
ट्राफिक प्रवक्ता एसपी सञ्जयबहादुर राउतले अहिलेसम्म ८ सय २६ कारबाहीमध्ये २ सय ४३ वटा सवारी साधन होल्डमा राखिएको जानकारी दिए ।
‘विभिन्न कसुरमा अहिलेसम्म ८ सय २६ जना सवारी चालक कारबाहीमा परिसके । त्यस्तै २ सय २० मोटरसाइकल तथा स्कुटर र २३ वटा चारपांग्रे सवारी छन् । यीमध्ये ६ जनाले लागुपदार्थ सेवन गरेको पाइयो,’ एसपी राउतले भने ।
मापसे, लापसे, स्कुटरमा तीनरचारजना राखेर हिँड्ने, लापरबाही गरेर सवारी चलाउने, ओभर स्पीड सवारी हाँक्नेलाई ट्राफिकले कारबाही गर्दै आएको एसपी राउतले बताए ।
उनका अनुसार ट्राफिक नियम उल्लंघन गर्नेले चालकले कसुर हेरेर जरिवाना र सचेतना कक्षामा सहभागी हुनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्