Skip to content
Prabhu

हुन्डाई क्रेटा अर्को साता नेपाली बजारमा लन्च हुने, मूल्य कति ?

काठमाडौं । हुन्डाईको बहुप्रतिक्षित विद्युतीय गाडी हुन्डाई क्रेटा अर्को साता नेपालमा लन्च हुने भएको छ । लक्ष्मी ग्रुपले हुन्डाई क्रेटा इभी नेपाल भित्राइसकेको छ ।

६ भेरियन्टमा हुन्डाई क्रेटा नेपाल भित्रिसकेको हो । अर्को साता काठमाडौंमा हुन्डाई क्रेटा लन्च हुने हुन्डाई नेपालको बिक्रेता लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बताए । उनले मूल्य भने लन्च हुने दिनमा नै घोषणा हुने जानकारी दिए ।

global
अर्घाखाँची सिमेन्ट

हुन्डाईको क्रेटा नेपालमा निकै लोकप्रिय रहेको छ । हुन्डाई क्रेटा इभीको भारतीय बजारमा १८ लाखदेखि साढे २३ लाख भारतीय रुपैयाँसम्म पर्छ । नेपाली बजारमा हुन्डाई क्रेटा ५० लाखमा पाइने अनुमान गरिएको छ । यसको मूल्य कति पर्छ त्यसको लागि भने लन्च हुने दिनसम्म कुर्नुपर्छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal