Skip to content
Prabhu

चैत्र महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका संघीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रम (सुचीसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिंदै आएका छन् । सोहीअनुसार संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्दै आइरहेका छन् ।

सोहीअनुरुप १४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा. रोशन देवकोटाले बताए । मन्त्रालयको तालिकाअनुसार अस्पतालहरुमा एक्सरे फिल्म हटाउने देखि आइभीआर सेवा थाल्ने, शैय्या विस्तार आदि छन् । मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत्र दोश्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैत्र महिनाभित्र एमआरआई, सीटीस्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल नतिजा दिने छन् ।

global
अर्घाखाँची सिमेन्ट

भरतपुर अस्पतालले क्याथ ल्याब चैत्र महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसीभी परीक्षण चैत्र महिनाभित्र थप गर्नेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैत्रभित्र क्षमता विस्तार गर्नेछ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत्र दोश्रो साताभित्र आरम्भ गर्नेछ । कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत्र तेश्रो साताभित्र आरम्भ गर्नेछ ।

यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले चैत्र अन्तिम साताभित्र ४ शैय्याको पिआइसीयु स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ । परोपकार प्रसुती अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला आरम्भ गर्नेछ । तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रले चैत्र दोश्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्नेछ । डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमूना शंकलन सेवा चैत्र तेश्रो साताभित्र शुरु हुनेछ ।

नारायणी अस्पतालले एनआइसीयुमा इउमआर लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोल्पोस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत्र तेश्रो साताभित्र थाल्ने तयारी गरेको छ । भेरी अस्पतालले भने १० आइसीयु शैय थपसँगै जलन वार्डमा ६ शैय्या थप गर्ने तयारी गरेको छ । चैत्रभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

tkl;n

संघीय अस्‍पतालहरुबाट चैत्र महिनामा शुरु हुने कार्यक्रमको विवरण  
क्र.स अस्पतालहरु विस्‍तार हुने सेवाहरु सेवा शुरु  गर्ने प्रस्‍तावित मिति (हप्‍तामा) कैफियत  
श्री चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, महावौद्ध, काठमाडौं ।

 

-CERVICAL CANCER SCREENING सेवा महानगरको सहयोगमा शुरु गर्ने। -२०८१ चैत्र दोस्रो हप्‍ता

 

 

 

 

   
– MRI, CT SCAN/Xray film हटाउने -२०८१चैत्र चौथो हप्‍ता

 

   
श्री चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, महावौद्ध, काठमाडौं ।

 

 
MRI, CT SCAN/ Xray film हटाउने

 

-२०८१चैत्र चौथो हप्‍ता

 

   
श्री पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, ललितपुर । न्‍यूरोलोजी सेवामा EMG  (ELECTROMYELOGRAPHY )                 र  NCV ( NERVE CONDUCTION VELOCITY )    TEST शुरु गर्ने। -२०८१चैत्र पाँचौ हप्‍ता

 

   
श्री पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की ।

 

 
फरेन्‍सिक विभागबाट ७२ वटा सव राख्‍न सक्‍ने गरी फ्रीजको क्षमता बृद्‍दि गर्ने -२०८१चैत्र पाँचौ हप्‍ता    
श्री वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ।

 

-MCH भवन उद्‍घाटन गरी OPD सेवा सञ्‍चालन गर्ने

 

-२०८१ चैत्र दोस्रो हप्‍ता

 

   
-LAB MACHINE (BIOCHEMISTRY AND IMMUNOHISTOCHEMISTRY)  थप गर्ने -२०८१चैत्र चौथो हप्‍ता

 

   
कान्ती बाल अस्पताल बच्‍चाको लागि हेमोडाइलाइसिस  सेवा शुरु गर्ने -२०८१चैत्र तेस्रो हप्‍ता

 

   
श्री परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं । कुपण्‍डोल स्‍थित नवनिर्मित भवनमा SIMULATION LAB शुरु गर्ने -२०८१चैत्र अन्‍तिम हप्‍ता

 

   
श्री जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, दुलेगौडा, तँनहु । हेमोडाइलाइसिस सेवा शुरु गर्ने -२०८१ चैत्र दोस्रो हप्‍ता

 

   
श्री भक्त्तपुर क्यान्सर अस्पताल, भक्तपुर ।

 

४ वेडको PICU  स्‍थापना र बच्‍चाको क्‍यान्सर उपचार वार्ड विस्‍तार गर्ने  

-२०८१चैत्र अन्‍तिम हप्‍ता

 

 
ECHO/PFT सेवा  शुरु गर्ने -२०८१चैत्र चौथो हप्‍ता

 

   
१०   CATH LAB   सेवा शुरु हुने -२०८१चैत्र पाँचौ हप्‍ता

 

   
११ श्री भरतपुर अस्पताल, चितवन । INFERTILITY उपचार सेवा शुरु गर्ने -२०८१चैत्र तेस्रो हप्‍ता

 

   
१२   एकिकृत LAB SAMPLE COLLECTION सेवा शुरु गर्ने -२०८१चैत्र तेस्रो हप्‍ता

 

   
१३ श्री कोशी अस्पताल, विराटनगर । -NICU मा  EMR लागु गर्ने

-HISTOPATHOLOGY सेवा  शुरु गर्ने

-AUDIOGRAM सेवा  शुरु गर्ने

-COLPOSCOPY सेवा  शुरु गर्ने

-CRYOTHERAPY सेवा  शुरु गर्ने

-२०८१चैत्र तेस्रो हप्‍ता

 

   
१४ श्री भेरी अस्पताल, नेपालगञ्ज । -10 ICU BED थप गर्ने

-BURN WARD-6 BED थप गर्ने

 

-२०८१चैत्र पाँचौ हप्‍ता

 

   
-SICKLE CELL SCREENING WARDबाट १८ महिना मुनिका बच्‍चाको परीक्षण सेवा  शुरु गर्ने -२०८१चैत्र तेस्रो हप्‍ता

 

   
 

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal