Skip to content

रियलमी सी ७५ छिट्टै बजारमा आउँदै

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो अहिलेसम्मकै सबैभन्दा बलियो र विशेषतायुक्त स्मार्टफोन रियलमी सी ७५ सार्वजनिक गर्ने भएको छ । उच्च प्रविधि र कार्यक्षमता प्रदान गर्ने रियलमी सी ७५ कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्न डिजाइन गरिएको छ ।

आईपी ६९ रेटेड वाटर एन्ड डस्ट रेजिस्ट्यान्स तथा ३६० डिग्री सक रेजिस्ट्यान्स फिचर पनि रहेको रियलमी सी ७५ जस्तोसुकै परिस्थितिहरूमा पनि भरपर्दो रहनेछ। आर्मसेल ग्लास, उच्च–स्तरको पानी प्रतिरोधी प्रविधि, एआई पावर फिचरहरुका साथमा रियलमी सी ७५ ले स्मार्टफोनको परिभाषा नै बदल्नेछ ।

बलियोपना र अत्याधुनिक प्रविधिको संयोजन रहेको रियलमी सी ७५ ले दृढ़ता र नवीनतामा नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीको विश्वास रहेको छ । आईपी ६९ पानी प्रतिरोधी सुरक्षासहित यो २ मिटर गहिराइमा २४ घण्टासम्म पानीमा डुब्न सक्ने क्षमतासहित आउँछ । ६००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङले लामो समयसम्म चल्नुको साथमा छिटो चार्ज हुने सुविधा प्रदान गर्छ ।

अत्याधुनिक एआई फिचरहरु, एआई क्लियर फेस र एआई स्मार्ट लुपले फोटोग्राफीले प्रोटक्टीभिटीलाई नयाँ उचाइमा पुर्याउनेछ । यसमा रहेको आर्मसेल ग्लासले २६० प्रतिशत बढी ड्रप रेजिस्ट्यान्ट तथा ४०० प्रतिशत बढी स्क्राच रेजिस्ट्यान्ट बनाएको छ ।

६.७२ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, अल्ट्रा–स्मूथ र भाइब्रेन्ट डिस्प्लेको साथमा प्रयोगकर्ताले बलियोपना, कार्यक्षमता र डिजाइनको मिश्रण अनुभव गर्न पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi