Skip to content
Prabhu

नेपालको पहिलो शतप्रतिशत इलेक्ट्रिक फोर बाई फोर पिकअप सार्वजनिक

काठमाडौं ।

नेपालमा Riddara को आधिकारिक वितरक CG Motors ले आज नेपालकै पहिलो 100% Pure Electric 4×4 Pickup – Riddara RD6 को औपचारिक सार्वजनिक गरेको छ । कम्पनीले दक्षिणकाली फर्पिङमा रहेको ट्रयाक एडभेन्चर ड्राइभ गरेर सार्वजनिक गरेको हो ।

global
अर्घाखाँची सिमेन्ट

कम्पनीले उक्त अवसरमा १० वटा बुकिङ भएको जनाएको छ ।  अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको Riddara 4×4 ले EV Pickup Segment मा नयाँ स्तर स्थापित गरेको कम्पनीको भनाई छ । यसमा ४२४ किमीको उत्कृष्ट रेञ्ज र ७३ किलोवटा आवर क्षमताको ब्याट्री रहेको छ । जुन कार्यक्षमता र वातावरणमैत्री प्रविधिको अद्वितीय संयोजन भएको कम्पनीले उल्लेख गरेको छ।

नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै Riddara 4×4 मा ठ फरकफरक ड्राईभिङ मोडहरू (Sand, Mud, Off-road, Wading, Economy, Comfort, र Sport – 4WD) उपलब्ध छन् । जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ। साथै, 540 Degree Surround View Camera प्रणाली समेत समावेश गरिएको छ, जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउँछ।

यसमा २२५ एमएमको ग्राउण्ड क्लियरेन्स, ९५ प्रतिशतको म्याक्स ग्रेडेबिलिटी, ४२४ किमीको रेञ्ज, ६.१ मिटरको टर्निङ रेडियस र ड्राईभिङ मोडसहित उत्कृष्ठ प्रदर्शन गर्नसक्ने क्षमता रहेको छ । यसको सुरुवाती मूल्य ७९.९९ लाख रुपैयाँ रहेको छ ।

Riddara को यो प्रक्षेपण EV सवारी साधनको क्षेत्रमा मात्र नभई नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्र्याउने दिशामा पनि ठूलो उपलब्धि हो। यो पिकअपले चीनमा No. 1 EV Pickup को रुपमा पहिचान प्राप्त गरिसकेको छ। यसको मूल कम्पनी Geely Auto Group चीनका शीर्ष 10 ठूला अटोमोबाइल कम्पनीहरूमध्ये एक हो। यस प्रक्षेपणमार्फत CG Motors ले नेपालमा विद्युतीय सवारी साधनमा नवीनतम प्रविधि प्रस्तुत गर्दै एक नयाँ युगको सुरुवात गरिरहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal