Skip to content

कुखुराको फ्रोजन मासुको मूल्य अभिवृद्धि कर हटाएर अन्तशुल्क मात्रै लगाउन पोल्ट्री महासंघको माग

काठमाडौं । नेपाल पोल्ट्री महासंघले कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर हटाएर ५ प्रतिशत अन्त शुल्क मात्र लगाउन माग गरेका छ । मंगलबार महासंघको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर ताजा खुकुराको मासुमा पाँच प्रतिशत अन्त शुल्क लाग्ने गरेको तर त्यही मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने गरेको भन्दै यसमा अन्तशुल्क मात्र कायम गर्न माग गरेको गरेको हो ।

उनीहरुले मन्त्री पौडेललाई बुझाएको ज्ञापन पत्रमा कृषिजन्य प्राथमिक उत्पादनमा मूल्य अभिवृद्धि कर लगाउदा उपभोक्त मूल्य बढ्न गएको र चोरी पैठारी बढेको भन्दै मूल्य अभिवृद्धि कर हटाउन माग गरेका हुन् । २०७९ सम्म आर्थिक ऐनमा सिंगो र टुक्रा पारिएका फ्रोजन कुखुराको मासुमा पैठारीमा मूल्य अभिवृद्धी करमा छुट रहेको र पाँच प्रतिशत मात्र अन्त शुल्कको व्यवस्था थियो । तर आर्थिक ऐन २०८० मा आएर यी दुबैमा लाग्ने गरेको अन्त शुल्क हटाएर मूल्य अभिवृद्धि कर लगाएको थियो ।

ताजा मासु बेच्दा पाँच प्रतिशत तर त्यही मासु फ्रिजमा राखेर बेच्चा १३ प्रतिशत कर लाग्ने व्यवस्था अव्यवहारिक भएकाले दुबैमा १३ प्रतिशत मृल्य अभिवृद्धि करको प्रावधान हटाउनु पर्ने महासंघका महासचिव दिनेश मिश्रले बताए । भेटमा अर्थमन्त्री पौडेलले महासंघको मागमा सरकार सकारात्मक रहेको र आगामि बजेटबाट समस्या समाधान गर्ने बताएको मिश्रले बताए । आर्थिक ऐन २०८० मा भएको करको परिवर्तनले पोल्ट्री उद्योगलाई नराम्रो असर गरेको आत्मनिर्भर रहेको उद्योगलाई परनिर्भरतामा जाने जोखिम बढेको मिश्रको दाबी छ । पोल्ट्री क्षेत्रमा करिब एक खर्ब ६० अर्बको लगानी रहेको छ । जसमा प्रत्यक्ष तीन लाख र अप्रत्यक्ष गरी करिव पाँच लाख जनाले रोजगारी पाएको उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T