Skip to content
Prabhu

भाटभटेनीले पत्रकार रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख सहयोग गर्ने

काठमाडौं । चैत १५ गते तीनकुने घटनामा मृत्यु भएका एभिन्युज टिभीका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आर्थिक सहयोगको घोषणा गरेका छन् ।

उनले बुधबार बिहान कोटेश्वर भाटभटेनी परिसरमा एक कार्यक्रम गर्दै यस्तो घोषणा गरेका हुन् । रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख रुपैयाँ सहयोग गर्ने बताए ।

global
अर्घाखाँची सिमेन्ट

उनले चैत १५ गते भएको प्रदर्शनका बेला भाटभटेनी सुपरमार्केटे्सको कोटेश्वर स्टोर्समा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । बुधबार भएको कार्यक्रममा भाटभटेनीले तोडफोडका बेलामा उच्छृङ्खल गतिविधि रोक्ने सुरक्षा गार्ड, निर्माण कार्यमा संलग्न कर्मचारीलगायतले नगदसहित सम्मान गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal