Skip to content

चिकित्सक, औषधि र उपकरणसहित २२ सदस्यीय नेपाली सेनाकाे टोली म्यानमार प्रस्थान

काठमाडौं । म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत लिएर नेपाली सेनाको टोली आज बुधबार म्यानमार प्रस्थान गरेको छ ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन–२३५ कासा विमानद्वारा म्यानमार प्रस्थान गरेको हो।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न छन्।

उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ।

म्यानमारको राजधानी नापिडो आसपास केन्द्र गरी गएको ७।७ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। उक्त भूकम्पबाट तीन हजार बढी घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जानकारी दिएको छ।

खोज र उद्धारमा समस्या भएपछि म्यानमारले विश्व समूदायलाई सहयोगका लागि आह्वान गरेको छ। चीन, भारतलगायत आसपासका देशहरूले खोज, उद्धारका लागि सेना र बन्दोबस्तीका सामग्री पठाएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima