काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो । शुक्रबार साँझ निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले भोलिमात्रै भैरहवा लाने तयारी गरेको हो । प्रहरी स्रोतका अनुसार उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्