Skip to content

काठमाडौं महानगरका मेयर बालेन सहित कर्मचारीले पाए पारिश्रमिक, तलब बापत १ अर्ब बढी भुक्तानी

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको तीन महिनादेखि रोकिएको तलब पाएका छन् । महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको खातामा तलब गएको हो ।

महानगरको कर्मचारीले पाउन बाँकी रहेको ३ महिनादेखि ६ महिनासम्मको तलब पाएका छन् । महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको छ । महागरको २ हजार ९०० व्यक्तिलाई उक्त तलब भुक्तानी गरेको जनाइएको छ ।

काठमाडौं टावरको नक्सा १२ तलाको ठाउँमा १९ तलाको पास गरेको भन्दै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ३ महिना अघि कारबाही गरेपछि सबैको तलब रोकिएको थियो । मेयर बालेनले पटक पटक संघीय सरकारलाई अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत पठाएको थिएन ।

कर्मचारी र जनप्रतिनिधिले भने गत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई जबरजस्ती कार्यालय प्रवेश गराएका थिए । कार्यालय प्रवेश गरेर गुरागाईँले हाजिर गरेसँगै गुरागाईँले २२ गते शुक्रबार खर्च निकासा गरेका थिए । शनिवार र आइतबार सार्वजनिक बिदा भएकाले गर्दा कर्मचारीहरूको खातामा (आज) सोमबार मात्र तलब गएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime