Skip to content

नेपाल बारको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित

nabil bank

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । ५ हजार ५२ मतसहित निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले २ हजार ६ सय २१ मत पाएका छन् । मिश्रले २ हजार ४ सय ३१ मतान्तरले उनलाई पराजित गरेका हुन् । नेपाल बार चुनावमा मिश्रको प्यानल नै निर्वाचित भएको हो ।

कांग्रेसनिकट डेमोक्याटिक लयर्स एसोसिएसनका अध्यक्षसहित १२, नेकपा एमालेनिकट प्रगतिशील व्यावसायिक लयर्स एसोसिएसन पीपीएलएका महासचिवसहित १२ र राप्रपानिकट कानुन व्यवसायीहरूका तर्फबाट बनेका एक उमेदवार विजयी भएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime