Skip to content

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

बाँके । आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएपछि बाँकेका किसान चिन्तित भएका छन् । किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पुर्याएको डुडुवा गाउँपालिका–५ कम्दीका किसान सूर्यलाल यादवले बताए । खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ ।

नकाटेको ठाडो गहुँबालीमासमेत हुरी र असिना पानीले ठूलो क्षति पु¥याएको उल्लेख गर्दै यादवले भने, ‘यसपाली गहुँ राम्रो फलेको थियो, भित्र्याउने बेलामा हुरी र बेमौसमी वर्षाले क्षति पुर्यायो ।’ नेपालगञ्ज–१७ थुकैला गाउँका किसान रामसुरत बर्माले असिनापानी र हुरीले गहुँबालीमा ठूलो क्षति पु¥याएको बताए । उनले भने, ‘काटेको गहुँ भिजाएर काम नलाग्ने भएको छ, नकाटेको धान पानी असिना पानी र हुरीले ढलाएर काम नलाग्ने बनाएको छ ।’

गहुँ पाकेर स्याहार्ने सुरसारमा रहेका यहाँका किसानलाई असिना पानी र हुरीले चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बेमौसमी वर्षाले काटेको गहुँमा क्षति पुर्याएको बताए ।

‘अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको गहुलाई क्षति पुर्याएको छ, के कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलनमा लागेका छौँ’, उनले भने, ‘बाँकेमा गहुँ पाकेर भित्र्याउने बेला क्षति पुगेको छ ।’ उनले जिल्लाभरमा के कति क्षति पुगेकोबारे आफूहरुले अनुगमन गरिरहेको र आठवटै पालिकामा रहेका कृषि शाखालाई विवरण सङ्कलन गरेर कृषि ज्ञान केन्द्रमा पठाउन आग्रह गरिएको जानकारी दिए ।

बाँकेमा गत बुधबार अपरान्हदेखि रातभर हुरी र वर्षाले गहुँबालीमा क्षति पु¥याएकोमा आइतबार साँझ परेको वर्षाले किसानलाई गहुँबाली भित्र्याउनमा पनि समस्या भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले नयाँवर्षको पूर्व सन्ध्यामा आएको बेमौसमी वर्षा र हुरीले किसानलाई दुःखी बनाएको बताए । उनले वर्षाले पाकेको गहुँबाली, मसुरो र अरहर खेतीमासमेत क्षति पुर्याएको उल्लेख गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi