Skip to content

नारायणघाट–बुटवल सडक समयमै पूरा हुन्छ : प्रधानमन्त्री ओली

nabil bank

नवलपरासी । प्रधानमन्त्री केपी शर्मा ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक समयमै पूरा हुने बताएका छन् ।

उक्त सडकको गैँडाकोट खण्डको आज निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले अब निर्माण कार्यमा कुनै ढिलाइ गर्न नहुने बताए । सडक निरीक्षणकै क्रममा उनले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड’का प्रतिनिधिसँग समेत सडकको प्रगतिबारे जानकारी लिए ।

प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्मासमेत सहभागी थिए । देशकै प्रमुख राजमार्ग निर्माणमा ढिलाइ हुँदा जनताले दुःख पाएको उल्लेख गर्दै उनले चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi