Skip to content

वैज्ञानिकले पत्ता लगाए नयाँ रंग, ‘ओलो’ 

nabil bank
एजेन्सी । वैज्ञानिकहरूले मानव आँखालाई ‘ह्याक’ गरेर यस्तो नयाँ प्रविधि विकास गरेका छन्, जसले मानिसलाई अहिलेसम्म कहिल्यै नदेखिएको नयाँ रंग देख्न सक्षम बनाउँछ ।
‘साइन्स एडभान्सेस’ नामक वैज्ञानिक जर्नलमा शुक्रबार प्रकाशित अध्ययन अनुसार, अनुसन्धानकर्ताहरूले पाँच जनालाई ‘ओलो’ नाम दिइएको एक नयाँ रंग देखाउन सफल भएका छन् । यो रंगलाई सहभागीहरूले अत्यधिक चटक निलो–हरियो रूपमा वर्णन गरेका छन् ।
यो प्रविधि ‘ओज’ (इश) नाम दिइएको प्रणाली हो, जसले आँखाको रेटिनामा रहेका विशेष प्रकाश संवेदी कोषलाई उच्च सूक्ष्मतामा लक्षित गरेर सक्रिय पार्छ । अनुसन्धान टोलीका सदस्य तथा यूसी बर्केलीका पीएचडी विद्यार्थी जेम्स फोङका अनुसार, “हामीले आँखाका प्रत्येक कोषमाथि नियन्त्रण स्थापित गर्न खोजिरहेका छौं, जसले दृष्टिकोणको नयाँ अध्ययन सम्भव बनाउँछ ।”
कसरी देखियो नयाँ रंग ?
मानव आँखामा ‘एल’, ‘एम’ र ‘एस’ नामका तीन प्रकारका कोन कोषहरू हुन्छन्, जसले क्रमशः रातो, हरियो र निलो प्रकाश प्रति प्रतिक्रिया जनाउँछन् । सामान्य अवस्थामा यी कोषहरू आ–आफ्नो तरंगअनुसार एकै साथ सक्रिय हुन्छन्, त्यसैले एक मात्र कोनलाई अलग्गै सक्रिय गर्न सकिँदैन ।
तर वैज्ञानिकहरूले विशेष लेजर प्रयोग गरी केवल कोन (हरियो प्रति संवेदनशील) कोषलाई सक्रिय गर्ने प्रविधि विकास गरे । यसबाट उत्पन्न भएको रंग ‘ओलो’ लाई अन्य कुनै प्राकृतिक रंगसँग तुलना गर्न नसकिने बताए । सहभागीहरूले हरियो लेजरको प्रकाशसमेत ‘ओलो’ को तुलनामा फिका देखिएको प्रतिक्रिया दिएका छन् ।
‘ओज’ प्रविधिको सम्भावना
यो प्रविधिबाट भविष्यमा निम्न सम्भावना देखिएका छन् । रंग अन्धोपन भएका व्यक्तिलाई नयाँ प्रकारको दृष्टि अनुभव गराउने, आँखा रोगहरूको मोडेल तयार गरी अनुसन्धान गर्ने र  भविष्यमा रंगको चौथो आयामको अनुभव गराउने । त्यसबाहेक मानव दृष्टिकोणलाई अझ फराकिलो बनाउन पनि सकिने वैज्ञानिकहरुले बताएका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime