कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका दुई हजार ५५२ घरघुरीका किसानलाई सूचीकरण गरिएको छ । कृषि पेशा व्यवसायमा संलग्न किसानलाई उपलव्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसानलाई सूचीकरण गरिएको हो ।
किसान सूचीकरण संकेत नम्बर भएका किसानलाई मात्रै अनुदानलगायतका कार्यक्रममा समावेश गरिने भएकाले सूचिकरणको कार्य अगाडि बढाइएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए ।
उनका अनुसार नगरपालिकाको–१, ११ र १२ मा किसान सूचिकरण गरिएको छ । जसअनुसार वडा नं १ मा ४६८, वडा नं ११ मा एक हजार २१ र वडा नं १२ मा एक हजार ६३ गरी दुई हजार पाँच सय ५२ घरघुरीलाई सूचीकरण गरिएको छ ।
आगामी आबमा नगरपालिका–२, ३, ४, १० र ५ मा किसान सूचिकरणकार्य गरिने उनले बताए । कृषि विषय अध्ययन गर्ने अभ्यार्थीलाई परिचालन गरी सूचिकरणकार्य गरिएको उनको भनाइ रहेको छ ।
‘सूचीकरणले किसान परिचयपत्र दिन सजिलो हुने, किसानलाई खेतीका आधारमा ठुलो सानो गरी बर्गीकरण सकिने र त्यही आधारमा अनुदानका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ’ उनले भने, ‘सूचिकरणकै आधारमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम तर्जुमा गरी कार्यअगाडि बढाउन सकिन्छ ।’








प्रतिक्रिया दिनुहोस्