Skip to content

चीनमा किन बढिरहेको छ कस्मेटिक सर्जरीको रहर ?

nabil bank
एजेन्सी । एबी वू १४ वर्षकी हुँदा पहिलो पटक उनको कस्मेटिक सर्जरी गरियो । एक रोगको लागि हर्मोन उपचार गरेपछि, एबीको तौल ४२ किलोग्रामबाट बढेर ६२ किलोग्राम भयो । उनको ड्रामा शिक्षकले उनको शरीरमा आएको यो परिवर्तनलाई नोटिस गरे ।
त्यो समय सम्झँदै एबी भन्छिन्, “तपाईं एक स्टार हुनुहुन्छ, तर तपाईंको तौल बढी छ । या त तपाईं पछाडि हट्नुहोस् वा तपाईंलाई छिटो तौल घटाउन आवश्यक छ ।” एबीकी आमा अघि आइन् र उनलाई पेट र खुट्टाबाट बोसो हटाउन लिपोसक्शनको लागि लिएर गइन् । एबीलाई अस्पतालमा लग्दा, उनकी आमाले भनेका शब्दहरू उनलाई आज पनि याद छन् ।
एबी भन्छिन्, “आमाले मलाई भनेकी थिइन, बहादुर बन, जब तिमी बाहिर आउनेछौ, तिमी सुन्दर देखिनेछौ ।”
एबी बताउँछिन् कि उनको सर्जरी पीडादायक थियो । उनलाई केवल आंशिक एनेस्थेसिया दिइएको थियो र यस क्रममा उनी पूर्ण रूपमा होशमा थिइन् । उनी भन्छिन्, “म हेर्न सक्थेँ कि मेरो शरीरबाट बोसो हटाइँदैछ र कति रगत बगिरहेको छ ।”
एबी अहिले ३५ वर्षकी छन् र उनलाई यस्ता सयौं अपरेशनहरूबाट गुज्रनु परेको छ । उनी भन्छिन् कि यसका लागि उनले करिब पाँच लाख डलर खर्च गरेकी छन् ।
चीनमा प्लास्टिक सर्जरी किन बढ्दैछ?
एबी वूले अहिले बेइजिङमा आफ्नै कस्मेटिक सर्जरी क्लिनिक खोलिकी छन् । उनी भन्छिन्, “सर्जरीले मेरो आत्मविश्वास बढायो, म खुसी छु । मेरी आमा सही थिइन् ।” पहिले चीनमा प्लास्टिक सर्जरी लाज मान्ने कुरा थियो । अहिले भने यहाँ हरेक वर्ष करिब दुई करोड मानिसले सौन्दर्य सर्जरी गराउँछन् । चीनमा राम्रो देखिनु निकै महत्वपूर्ण मानिन्छ, विशेष गरी महिलाहरूका लागि ।
पहिले पश्चिमी देश र कोरियन शैलीजस्ता अनुहार मन पराइन्थ्यो, जस्तै ठूलो आँखा, तेज नाक, पातलो अनुहार । अहिले भने  बच्चाजस्तो देखिने अनुहार, सानो नाक र सानो मुख जस्ता चाहना बढेका छन् । तर यस्ता अनुहारहरू वास्तवमा स्क्रिनमा मात्रै राम्रो देखिन्छन्, वास्तविक जीवनमा कहिलेकाहीँ अजीब देखिन्छ।
सौन्दर्य सर्जरीका एपहरू
चीनमा सोयंग र गेंगमेई जस्ता एपहरूले अनुहार स्क्यान गरेर सुधारको सल्लाह दिन्छन् । यी एपले नजिकको क्लिनिकको सिफारिस गर्छन् र सर्जरीबाट कमिसन कमाउँछन् । धेरै सेलिब्रिटी र इन्फ्लुएन्सरहरूले पनि यस्ता प्रक्रियालाई सामाजिक सञ्जालमा प्रचार गर्छन् ।
एबी वू आफैँले सयौं सर्जरीपछि एउटा एपको सल्लाह सुनेकी थिइन् । तर उनलाई आफैं अचम्म लाग्यो किनभने एपले त्यस्ता सर्जरी सिफारिस ग¥यो जुन उनी पहिले नै गराइसकेकी थिइन् ।
सर्जरीको माग बढेपछि चीनमा धेरै क्लिनिक खुलेका छन् । तर धेरै क्लिनिकहरू बिना लाइसेन्सका छन् र त्यहाँ योग्य डाक्टरहरू छैनन् । एक रिपोर्ट अनुसार, चीनमा करिब ८० हजार क्लिनिक बिना लाइसेन्स चलिरहेका छन् । त्यसैले हरेक दिन सौन्दर्य सर्जरीमा गल्ती भएर मानिसहरू समस्यामा पर्छन् । डा यांग लू भन्छन्, “धेरै बिरामीहरू पहिलो पटक गलत ठाउँमा सर्जरी गराएर समस्यामा परेका छन् ।”
सर्जरी बिग्रिएपछि के हुन्छ?
२८ वर्षकी युए युएले सस्तो क्लिनिकमा अनुहारमा फिलर लगाइन् । तर फिलर कडा भएर अनुहार बिग्रियो । उनले समस्या समाधान गर्न अरू क्लिनिकहरूमा प्रयास गरिन्, तर अझ बिग्रियो । उनको अनुहारमा दागहरू र अजीब देखिने असर भयो ।
अन्त्यमा उनी डाक्टर यांगसँग उपचार गर्न पुगिन्। उनी भन्छिन्, “अब मलाई पहिलेको जस्तो नै अनुहार फर्काउने इच्छा छ ।”
चीनमा सौन्दर्य सर्जरीको बजार निकै ठूलो छ । तर जोखिम पनि उस्तै बढेको छ । यहाँसम्म कि लाइसेन्स भएको क्लिनिकमा पनि गल्ती हुन्छ । एउटी अभिनेत्री गाओ लियूको नाक सर्जरी बिग्रेर उनको करिअर नै रोकियो । उनले एउटा लाइसेन्स भएको क्लिनिकमा सर्जरी गराएकी थिइन्, तर डाक्टर पूर्ण रुपमा योग्य थिएनन् । एबी वू र युए युएजस्ता व्यक्तिहरूको अनुभवले देखाउँछ, सुन्दर बन्ने दौडमा सोचेर र सही ठाउँमा मात्र सर्जरी गर्नु आवश्यक छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime